सरकारले Dreamworld को बहु–मिलियन डलरको विस्तार योजनालाई छिट्टै अघि बढाउने

Advertisement

Queensland government ले Gold Coast’s Dreamworld precinct मा हुने बहु–मिलियन डलरको expansion plans लाई अघि बढाउन विशेष पहल गर्ने संकेत गरेको छ। यस योजनामा हालसम्म Gold Coast City Council मा प्रक्रिया अड्किएको थियो। तर अब सरकारले fast-track गर्ने सम्भावना औपचारिक रूपमा प्रकट गरेको हो।

2023 मा दर्ता गरिएको आवेदन

Dreamworld को expansion plans सन् 2023 मा प्रारम्भिक रूपमा दर्ता गरिएको थियो। योजना अनुसार, करिब 30-hectare site लाई चार वटा अलग-अलग क्षेत्रहरूमा विभाजन गरिनेछ।

१. विद्यमान rides सहितको major tourism core
२. प्राकृतिक आकर्षणमा आधारित nature-based tourism area
३. आवासीय घरहरू समेत हुने town centre precinct
४. resort, restaurants र bars रहने gateway precinct

यस संरचनाले Dreamworld लाई विश्वस्तरीय गन्तव्य बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।

राज्य सरकारले देखाएको चासो

आज क्वीन्सल्याण्ड सरकारका प्रतिनिधिहरूले theme park को भ्रमण गरेपछि, Gold Coast City Council लाई bypass गरी approval process लाई प्रत्यक्ष रूपमा व्यवस्थापन गर्न “call-in powers” प्रयोग गर्ने सम्भावना देखाइएको हो।

यसबाट Dreamworld को अड्किएको योजना अब छिट्टै अघि बढ्ने अपेक्षा गरिएको छ।

Dreamworld को अनिश्चितताले प्रगति रोकेको

Dreamworld chief executive Greg Yong ले भने, योजना सम्बन्धी स्पष्टता नहुँदा विकास र लगानीमा समस्या भएको छ।

उहाँको शब्दमा :“म विकासकर्तासँग कुरा गर्न सक्दिनँ, म साझेदारहरूसँग के गर्न सक्छौँ भनेर कुरा गर्न सक्दिनँ, किनकि हाम्रोमा कुनै निश्चितता छैन।”

उहाँले थथप्नुभयो, सरकारले हस्तक्षेप गर्ने सम्भावना हुनु “सही दिशातर्फको एक निकै बलियो कदम” भएको छ।

Yong ले यस परियोजनाको महत्वबारे पनि जोड दिँदै भन्नुभयो:“यो होटल केवल ओलम्पिकका लागि होइन, यो होटल ओलम्पिकमा त राम्रो गर्नेछ नै तर हाम्रो लागि ५० वर्षसम्म असाधारण रूपमा फाइदाजनक हुनेछ।”

Mayor Tom Tate को समर्थन

Gold Coast का मेयर Tom Tate ले Dreamworld को विस्तारलाई स्वागत गर्नुभएको छ । उहाँले भन्नुभयो :“Dreamworld विस्तार हुनका लागि यसले हाम्रा सहरमा थप लगानी गर्छ, म यसलाई निकै स्वागत गर्दछु।”

यस अभिव्यक्तिबाट स्थानीय सरकार पनि यस योजनाप्रति सकारात्मक रहेको देखिन्छ।

20 दिनको समयसीमा

अब Dreamworld लाई Deputy Premier तथा Planning Minister Jarrod Bleijie लाई आफ्नो आवेदन “call in” गर्नुपर्ने कारणबारे बुझाउन 20 days को समय दिइएको छ।

Bleijie ले भन्नुभयो:“यदि मैले २० दिनभित्र यो विकासलाई गर्ने निर्णय गरेँ भने म अनुमोदन प्रक्रियालाई आफ्नै जिम्मामा लिनेछु।”

यसले परियोजनाको अनुमोदन प्रक्रिया प्रत्यक्ष रूपमा राज्य सरकारको नियन्त्रणमा पुग्ने सम्भावना बढाएको छ।

अन्तिम निर्णय

अन्तिम निर्णय अन्त्यतिर मा आउने अपेक्षा गरिएको छ। यसपछि Dreamworld को बहु–मिलियन डलरको expansion plans अघि बढ्ने वा स्थगित हुने भन्ने स्पष्ट हुनेछ।

यस परियोजनाबाट केवल Olympics मात्र नभई दीर्घकालीन रूपमा पनि Gold Coast को पर्यटन, रोजगार र लगानी क्षेत्रमा ठूलो प्रभाव पार्ने अनुमान गरिएको छ।

spot_img