आईसीसी टी २० विश्वकप क्रिकेटमा भारतलाई जित दिलाएसँगै भारतीय कप्तान रोहित शर्मा र स्टार ब्याटर विराट कोहलीले टी २० अन्तर्राष्ट्रियबाट सन्यासको घोषणा गरेका छन् ।फाइनलमा प्लेयर अफ दि म्याच घोषित भएका कोहलीले उक्त अवार्ड जितेपछि सन्यासको घोषणा गरेका थिए । त्यस्तै रोहितले भने प्रेस कन्फ्रेन्सका क्रममा यस्तो घोषणा गरेका हुन् ।रोहितले आफूले खेल्न सुरु गरेदेखि नै यो फर्म्याटको आनन्द लिएको पनि बताए । उनले अगाडि भनेका छन्- यो फर्म्याटबाट सन्यास लिनका लागि योभन्दा उपयुक्त समय अर्को हुन सक्दैन । म भारतको लागि विश्वकप जितेर सन्यास घोषणा गर्न चाहन्थे ।टी २० आईबाट सन्यास लिए पनि रोहितले एक दिवसीय र टेस्ट क्रिकेट भने खेल्नेछन् । उनले भनेका छन्- मैले टी २० अन्तर्राष्ट्रियबाट मात्र सन्यास लिएको हुँ ।सन्यासको घोषणा गर्दै कोहलीले अब नयाँ पिँढीको समय आएको बताएका छन् । उनले भनेका छन् । अब अघिल्लो पिँढीले टी २० लाई अगाडि लानेछ ।