अष्ट्रेलियामा Mortgage ब्याजदर घट्यो, लाखौं ऋणधारीलाई राहत

spot_img

सिड्नी – अष्ट्रेलियामा लाखौंMortgage holderले आजदेखि आफ्नो ऋणको ब्याजदरमा ०.२५ प्रतिशत अंकले कमी भएको अनुभव गर्ने भएका छन्। रिजर्भ बैंक अफ अष्ट्रेलियाले गत साता दर कटौतीको घोषणा गरेपछि प्रमुख बैंकहरूले यो निर्णय कार्यान्वयन गर्न थालेका हुन्।

प्रमुख बैंकहरूको निर्णय

आजदेखि Commonwealth BankANZका variable home loans ग्राहकहरूले कटौतीको लाभ पाउनेछन्। Commonwealthले आफ्नो न्यूनतम फिक्स्ड रेट पनि घटाएर नयाँ न्यूनतम भेरिएबल दरसँग बराबरीमा ५.३४ प्रतिशतमा झारेको छ। NAB र Westpac ले यो कटौती क्रमशः सोमबार र मंगलबार लागू गर्नेछन्।

सबै बैंकले पुरै कटौती दिएनन्

Canstar का अनुसार, अधिकांश ऋणदाताले ब्याज कटौतीलाई पूर्ण रूपमा लागू गर्ने भए पनि Aussie Home Loans ले आफ्नो Aussie Select Variable Rate मा मात्र ०.१ प्रतिशत कटौती गर्नेछ। Credit Union SA का केही लगानीकर्ता ऋणहरूमा पूर्ण कटौती लागू नहुने बताइएको छ।

घरधनीलाई राहत

$600,000 ऋण लिएका ग्राहकका लागि यस वर्ष फेब्रुअरी, मे र अहिले अगस्टमा गरिएको कटौतीपछि मासिक किस्ता जम्मा $272 ले घटिसकेको छ।

फरक–फरक नीति

Commonwealth, ANZ र NABले ग्राहकले विशेष अनुरोध नगरेसम्म पुरानो किस्तालाई यथावत राख्नेछन्। तरWestpacले भने स्वतः किस्ता घटाएर नयाँ दर लागू गर्नेछ।

दीर्घकालीन लाभ

Canstar का अनुसार, यदि ग्राहकले कटौतीपछि पनि पुरानै किस्ता तिरे भने उनीहरूले $76,536 सम्म ब्याज बचत गर्न सक्ने र ऋण तीन वर्ष तीन महिना चाँडै फर्छ्याउन सक्नेछन्।

विशेषज्ञको सुझाव

Canstar.com.au की Data Insights Director Sally Tindallका अनुसार, “किस्ता नघटाई पुरानै दरमा तिर्ने धेरै ग्राहकहरूले ऋण छिट्टै घटाइरहेका छन्। तर कतिले यो सजग निर्णय गरेर गरेका हुन् वा कतिले थाहा नै नपाई यस्तै भइरहेको छ भन्ने प्रश्न उठ्छ।”

उहाले भन्नुभयो, “Commonwealth fixed rate घटाए पनि बजारमा अझै सस्तो विकल्प उपलब्ध छ। त्यसैले ग्राहकहरूले आफ्नो ऋण फिक्स गर्दा भविष्यको क्यास रेट र बजार विकल्प दुवैलाई ध्यान दिनुपर्छ।”

spot_img