दही-चिउरा स्वास्थ्यका लागि कति लाभदायी?

दही चिउरा खाएर आज असार १५ मनाइँदै छ । यो दिनलाई दही चिउरा खाने दिनका रूपमा लिइन्छ । मानो रोपेर मुरी उब्जाउने यो दिन खेतमा धान रोपिन्छ । किसानले हिलो खेल्दै खाजा खाने समयमा दही चिउरा खाएर असारे भाकाको गीतमा रमाउने पुरानो प्रचलन छ ।

दही र चिउराले शरीरमा ऊर्जा र शीतलता प्रदान गर्नुका साथै दही पाचन प्रणालीका लागि निकै राम्रो खाद्य पदार्थ भएकाले अरू बेला पनि दही खानु स्वास्थ्यवद्र्धक मानिन्छ । सरकारले २०६२ सालदेखि यो दिनलाई धान दिवसका रूपमा मनाउन थालेको छ ।

दहीका फाइदा 
– दहीले मांशपेसी र हाड बलियो बनाउन मद्दत गर्छ। 
– रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। 
– दही बनाउने ल्याक्टोब्यासिलस ब्याक्टेरियाले पाचन प्रक्रियामा सहयोग पुग्छ।
–दहीमा क्याल्सियम र मिनरल बढी मात्रामा पाइन्छ।
– पेट गडबडी हुँदा अर्थात् पखाला लागेको समयमा दहीको सेवन गर्दा पखाला कम हुन्छ।

चिउराका फाइदा
– चिउरा पकाउनु नपर्ने भएकाले हामीले जुनसुकै परिकारका साथ खान सकिन्छ।
– प्रशस्त कार्बोहाइड्रेड भएकाले काम गर्न शक्ति प्रदान गर्छ। 
– फलामको ओखलमा कुटेको चिउरामा आइरनको मात्रा बढी हुन्छ।