सुनचाँदीको मूल्यमा गिरावट : आइतबारको कारोबार दर सार्वजनिक

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ दरअनुसार सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ।

महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको छ। यो मूल्य गत शुक्रबारको तुलनामा ७०० रुपैयाँ कम हो। गत शुक्रबार छापावाल सुन तोलामा १ लाख ९६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, चाँदीको मूल्य पनि आइतबार घटेको छ। गत शुक्रबार तोलामा २ हजार ३१५ रुपैयाँ रहेको चाँदी आइतबार तोलामा २ हजार ३१० रुपैयाँमा झरेको महासंघले जनाएको छ।

spot_img