Northen Western Australia का केही भागमा Encephalitis ( MVE) बाट दुई व्यक्तिको मृत्यु

Northen Western Australia (WA) का केही भागमा बसोबास गर्ने र पर्यटकहरूलाई Murray Valley Encephalitis (MVE) बाट दुई व्यक्तिको मृत्यु भएपछि लामखुट्टेको टोकाइबाट बच्न विज्ञप्ति जारी गरिएको छ। स्वास्थ्य विभागले Pilbara, Kimberley, Gascoyne, र Mid West क्षेत्रहरूको लागि MVE को निरन्तर उच्च जोखिमको रहेको चेतावनी जारी गरेको छ।स्वास्थ्य विभागका कार्यवाहक वैज्ञानिक डा. JEY निकोलसनले सावधानी अपनाउन महत्त्वपूर्ण रहेको कुरामा जोड दिएका छन्। । “हामी आउने हप्ताहरूमा उच्च जोखिम भएका उत्तरी क्षेत्रहरूमा पर्यटकहरूकोक वृद्धि हुने अपेक्षा गर्छौं र म पर्यटकहरू हरूलाई त्यही अनुसार तयारी गर्न आग्रह गर्दछु,” डा. निकोलसनले भनेका छन्।

के के छन् त सुरक्षाका उपायहरू:

बिहान र साँझको समयमा लामखुट्टेहरू बढी एक्टिभ रहने भएकाले बिहान र साँझ गरिने क्रियाकलापहरूलाई कम गर्ने।
लामो, लुज फिट हुने कपडा र हल्का रंगको लुगा लगाउनुहोस्।

बच्चाहरूलाई उपयुक्त लुगा मोजा र जुत्ता सहित लगाइदिनुहोस्।
घर र caravans हरू सफा राख्नुहोस् ‌।

DEET, pikaridin , वा Lemon eucalyptus
(PMD) को तेल समावेश गरिएको लामखुट्टे प्रतिकारक रेपिलेन्ट प्रयोग गर्नुहोस् र घर वरपर घाँस तथा वनस्पतिहरू छोटो राख्नुहोस्।