हलिउड अभिनेता बिल कोब्सको ९० वर्षको उमेरमा निधन भएको छ ।डेमोलिसन म्यान, द्याट थिङ्स यु डु, एयर बड जस्ता लोकप्रिय फिल्मका अभिनेता कोब्सको क्यालिफोर्नियास्थित आफ्नै घरमा मंगलबार निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।पाँच दशक लामो फिल्मी करिअरमा कोब्सले करिब २०० फिल्म र टिभी शोमा काम गरेका थिए ।उनी पछिल्लो पटक सन् २०२३ मा टिभी मिनी श्रृंखला ‘इन्कन्डेसेन्ट लभ’ मा देखिएका थिए ।कोब्सका भाइ थोमसले फेसबुक पोस्टमार्फत जानकारी दिंदै आफ्ना दाजु बिलको क्यालिफोर्नियास्थित घरमा मंगलबार निधन भएको पुष्टि गरेका छन् ।उनले लेखेका छन्, ‘प्रिय मित्र, दाजु, अभिभावक, गडफादर बिलले भर्खरै खुसीसाथ आफ्ना प्रियजनहरुमाझ खुसीसाथ आफ्नो ९० औं जन्मदिन मनाएर बिदा भए ।’पाँच दशक लामो फिल्मी करिअरमा कोब्सले करिब २०० फिल्म र टिभी शोहरु दिए । सन् १९९३ मा उनी अभिनित एक्सन-थ्रिलर फिल्म ‘डेमोलिसन म्यान’ र सन् १९९६ को अस्कर नोमिनेटेड क्लासिक फिल्म ‘द्याट थिङ यु डु’ सर्वाधिक रुचाइएका थिए ।
