IKEA ‘Safe Spaces’ अभियान — अष्ट्रेलियाभर Domestic and Family Violence बाट प्रभावित बालबालिकाको आवाज उठाउँदै

spot_img

अष्ट्रेलिया — अष्ट्रेलियाभरका IKEA stores मा सुरु भएको ‘Safe Spaces’ installations ले घरेलु तथा पारिवारिक हिंसा (Domestic and Family Violence – DFV) बाट प्रभावित हजारौं बालबालिकाको वास्तविकता उजागर गर्दै सबैको ध्यान खिचेको छ। यी विशेष प्रदर्शनहरू बालबालिकाले सुरक्षित, खुसी र स्वतन्त्र जीवनबारे व्यक्त गरेका वास्तविक कल्पनाहरूको आधारमा तयार गरिएका हुन्, जसले दुई मध्ये एक Aussie children DFV को प्रभावमा रहेको कठोर तथ्यलाई जनाउँछन्।

DFV अष्ट्रेलियामा बालबालिकाको बेघरपनको प्रमुख कारण हो। तथ्याङ्कअनुसार, बच्चासहितको करिब ४० प्रतिशत घरपरिवार यसबाट प्रभावित छन् भने १२ वर्षमुनिका बालबालिका देशभर बेघर हुने दोस्रो ठूलो समूह बनेका छन्। हाल १ लाख ७६ हजारभन्दा बढी बालबालिकाले स्थायी घर पाएका छैनन्।

बालबालिकाको आवाज DFV सम्बन्धी नीतिगत छलफलमा प्रायः सुनिँदैन। Australian National Children’s Commissioner Anne Hollonds का अनुसार, “घरेलु, पारिवारिक र यौनजन्य हिंसाको चर्चा हुँदा प्रायः महिला मात्र जोखिममा रहेको धारणा हुन्छ, तर आधाभन्दा बढी पीडित महिलासँग बच्चा हुन्छन्, जसलाई नीति निर्माणमा बेवास्ता गरिन्छ।”

IKEA ले Save The Children Australia सँगको साझेदारीमा सुरु गरेको यो अभियानको उद्देश्य DFV बाट प्रभावित बालबालिकालाई आफ्नो पीडा र आवश्यकता व्यक्त गर्ने अवसर उपलब्ध गराउनु हो। Save The Children Australia की कार्यकारी निर्देशक Vicki Mau का अनुसार, “बालबालिकाले सुरक्षाबारेको आफ्नै दृष्टिकोण र उपचारको बाटोबारे अद्वितीय दृष्टि राख्छन्, तर उनीहरूलाई प्रायः आफ्नै अधिकारमा victim-survivors का रूपमा मानिँदैन।”

आजदेखि यी ‘Safe Spaces’ installations देशभरका सबैभन्दा व्यस्त IKEA stores मा देख्न सकिने छन्। यस अभियानअन्तर्गत पहिलोपटक FRAKTA bag खरिद गर्दा ग्राहकहरूले Save The Children Australia लाई प्रत्यक्ष सहयोग गर्न सक्नेछन्। संकलित रकम पीडित परिवारलाई भाडा सहयोगमा प्रयोग गरिनेछ, जसले प्रभावित बालबालिकालाई सुरक्षित स्थानमा नयाँ जीवन सुरु गर्न मद्दत पुर्‍याउनेछ।

IKEA ले Act for Children नामक गठबन्धनमा पनि सहभागिता जनाएको छ, जसले Australian Government लाई बालसुरक्षालाई राष्ट्रिय प्राथमिकतामा राख्न आह्वान गर्दै Cabinet Minister for Children नियुक्त गर्न, National Plan for Child Wellbeing कार्यान्वयन गर्न र children’s rights कानुनमा सुनिश्चित गर्न माग गरेको छ।

यो दीर्घकालीन परिवर्तनका लागि समुदायदेखि राष्ट्रिय स्तरसम्मको साझा प्रयास आवश्यक छ। Hollonds भन्छन्,”यदि हामी महिलामाथि हुने हिंसा अन्त्य गर्न दृढ छौँ भने, अहिलेको पुस्ताका बालबालिकामाथि भइरहेको हिंसा रोक्न अझ दृढ बन्नुपर्छ, किनभने यही बालबालिका नै हाम्रो अर्को पुस्ता हुन्।”

spot_img