जनकपुरबाट सर्लाही जाँदै गरेको बस दुर्घटना, १९ जना घाइते

Advertisement

जनकपुरबाट सर्लाही जाँदै गरेको बस दुर्घटना भएको छ । बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । शुक्रबार साँझ पौने ६ बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको ईश्वपुर नगरपालिका ४ लच्का नजिकै बस दुर्घटना भएको हो ।

जनकपुरबाट मलंगवातर्फ जाँदै गरेको ग १ ख ९४९४ नम्बरको यात्रु बस आफैं अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

spot_img