२० वर्षपछि निर्दोष ठहरिएकी Kathleen Folbigg लाई २ मिलियन क्षतिपूर्ति

spot_img

अष्ट्रेलियाको न्याय प्रणालीको इतिहासकै चर्चित अन्यायका पीडित Kathleen Folbigg लाई २० वर्ष जेलमा बिताएपछि AU$2 मिलियन क्षतिपूर्ति दिने निर्णय गरिएको छ। यो निर्णय NSW Attorney-General Michael Daley ले २०२५ अगस्टमा स्वीकृत गरेका हुन्। तर, यो रकम पर्याप्त नभएको भन्दै उनका वकिल, साथी तथा राजनीतिक नेताहरूले आलोचना गरेका छन्।

Kathleen Folbigg लाई सन् २००३ मा आफ्ना चार सन्तानको मृत्युमा संलग्न भएको आरोपमा दोषी ठहर गर्दै जेल सजाय सुनाइएको थियो। सात हप्तासम्म चलेको मुद्दापछि Patrick, Sarah र Laura को हत्या तथा Caleb को हत्या सम्बन्धी आरोपमा उनलाई दोषी ठहर गरिएको थियो। यी घटनाहरू १९८९ देखि १९९९ बीच भएको भनिएको थियो।

तर नयाँ वैज्ञानिक र आनुवंशिक प्रमाणका आधारमा २०२३ जुनमा NSW Governor ले उनलाई क्षमादान (pardon) दिएपछि रिहा गरियो, र अदालतले दोषसिद्धि खारेज गर्‍यो। २०२४ मा उनले क्षतिपूर्ति माग गर्दै आवेदन दिएकी थिइन्। राज्य सरकारले Ms Folbigg को अनुरोधअनुसार क्षतिपूर्ति निर्णयका विस्तृत विवरण सार्वजनिक नगर्ने जनाएको छ।

Michael Daley का अनुसार, “यो निर्णय Ms Folbigg को आवेदन तथा उनका कानुनी प्रतिनिधिहरूद्वारा प्रस्तुत सामग्रीको विस्तृत र गहिरो मूल्याङ्कनपछि गरिएको हो।”

spot_img

साथी र वकिलको असन्तुष्टि
Kathleen Folbigg की लामो समयकी साथी Tracy Chapman ले यो रकमलाई जीवनभरको पीडाको तुलनामा अत्यन्त न्यून बताइन्।
“उनी जेलमा २० वर्ष रहिन्… र तपाईं उनलाई यो रकममा जीवन बिताउन भन्नुहुन्छ, यो पर्याप्त छैन। मानसिक स्वास्थ्य सहयोग उनलाई जीवनभर चाहिन्छ,” Chapman ले भनिन्।

उनकी कानुनी प्रतिनिधि Rhanee Rego ले क्षतिपूर्तिलाई “profoundly unfair and unjust” भन्दै आलोचना गरिन्। उनले भनिन्, “Kathleen Folbigg ले २० वर्ष जेलमा बिताइन्, तर यसबापत उनलाई २ मिलियन मात्र दिइएको छ। Lindy Chamberlain लाई १९९२ मा तीन वर्षको जेलपछि १.३–१.७ मिलियन दिइएको थियो। यो रकमले Kathleen ले भोगेको पीडा र दु:खको मापन गर्न सक्दैन।”

राजनीतिक प्रतिक्रिया
NSW Greens MLC Sue Higginson ले यो क्षतिपूर्तिलाई “go-away” offer भन्दै सरकारप्रति आक्रोश व्यक्त गरिन्।
“यो रकमले २० वर्षको पूर्णकालीन तलब पनि नपुग्ने अवस्था छ। Kathleen ले २० वर्षको आम्दानी मात्र होइन, आफ्ना चार सन्तान, घर, रोजगारीको क्षमता, सुपरएन्युएसन, र कानुनी खर्च पनि गुमाएकी छिन्। यो राज्यको इतिहासकै worst wrongful imprisonment हो,” उनले भनिन्।

प्रणालीमाथि प्रश्न
Rego ले थपिन्, “Kathleen Folbigg को लडाइँ अब सकिनु पर्थ्यो। दोषसिद्धि र जेलमा अपमान भोगेपछि पनि अहिले प्रणालीले उनलाई पुनः असमान व्यवहार गरिरहेको छ।”

यस प्रकरणले अष्ट्रेलियाको न्याय प्रणालीमा देखिएको गम्भीर त्रुटि, पीडितप्रतिको न्यायिक संवेदनशीलता, र क्षतिपूर्ति निर्धारणमा पारदर्शिताको आवश्यकता विषयमा व्यापक बहस उत्पन्न गरेको छ।

spot_img