
सप्तरी । सप्तरी जिल्लाको राजगढ गाउँपालिका २ मा प्रहरीको गोली लागेर एक स्थानीय युवकको मृत्यु भएपछि तनावपूर्ण स्थिति सिर्जना भएको छ । घटनापछि आक्रोशित बनेका मृतकका परिवार र स्थानीय बासिन्दाले निष्पक्ष छानबिनको माग गर्दै विरोध प्रदर्शन गरेका छन् ।
प्रहरीका अनुसार, भारततर्फ अवैध रूपमा मदिरा तस्करी हुन लागेको सूचना पाएपछि मंगलबार राति प्रहरी टोली उक्त क्षेत्रमा पुगेको थियो । त्यसक्रममा केही स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेपछि अवस्था तनावपूर्ण बनेको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको र सोही क्रममा छर्राको रूपमा छुटेको गोली ३७ वर्षीय लालु यादवको तिघ्रामा लागेको जनाइएको छ ।
गम्भीर घाइते भएका यादवलाई तत्काल उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको थियो । तर, उपचारको क्रममा उनको मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) जितेन्द्र बस्नेतले जानकारी दिए ।
घटनास्थलबाट भारततर्फ लैजान तयारी गरिएको मदिरा बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले एक साताअघि पनि सोही क्षेत्रमा ठूलो मात्रामा मदिरा नियन्त्रणमा लिएको थियो । यता, स्थानीयवासी र मृतकका आफन्तले घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गर्दै प्रदर्शन






