Outback Wrangler स्टार Matt Wright विरुद्ध मुद्दा

spot_img

डार्विन,अष्ट्रेलियाली रियालिटी टिभी कार्यक्रम Outback Wrangler का स्टार Matt Wright विरुद्ध चालिएको मुद्दामा उनका फोन रेकर्डिङहरू अदालतमा प्रस्तुत गरिने भएका छन्।

फेब्रुअरी २०२२ मा उत्तरी क्षेत्र (Northern Territory) को King River, Arnhem Land मा भएको हेलिकप्टर दुर्घटनामा Wright का सह–कलाकार Chris “Willow” Wilson को मृत्यु भएको थियो भने पाइलट Sebastian Robinson गम्भीर घाइते भई paraplegic (कमरमुनि अपांग) भएका थिए। लामो ढिलाइपछि यो मुद्दा आज डार्विनको सर्वोच्च अदालतमा सुरु भएको हो।

Wright ले आफूमाथि लागेको न्याय अवरोध गर्ने तीन वटा आरोप (attempting to pervert the course of justice) अस्वीकार गरेका छन्। अभियोजन पक्षका अनुसार यी आरोप दुर्घटनाको कारण वा Wilson को मृत्यु वा Robinson को चोटसँग सम्बन्धित छैनन्। बरु Wright ले हेलिकप्टरको उडान घण्टाबारे सही अभिलेख राखेनन्, गलत सूचना दिए र आवश्यक कागजात पेश नगरेको दाबी गरिएको छ।

क्राउन प्रोसिक्युटर Jason Gullaci SC का अनुसार Wright को घर र फोनमा गोप्य रूपमा गरिएको रेकर्डिङ अदालतमा प्रमाणका रूपमा प्रस्तुत गरिनेछ। दुर्घटनापछि Wright लाई नागरिक उड्डयन प्राधिकरण र उत्तरी क्षेत्रीय प्रहरीले अनुसन्धान गर्ने थाहा थियो, जसले उनलाई र उनको कम्पनीलाई कानुनी जोखिममा पार्न सक्थ्यो।

Wilson दुर्घटनाको दिन King River मा मगरीको अण्डा संकलन गर्ने क्रममा हेलिकप्टरबाट झुण्डिएका थिए। उनी र Robinson, Wright का सब–कन्ट्र्याक्टरका रूपमा कानुनसम्मत रूपमा अण्डा संकलन गरिरहेका थिए।

अभियोजनले Wright लाई आफ्नै कम्पनी Helibrook का CEO, प्रमुख पाइलट तथा हेड अफ फ्लाइट अपरेशन्सका रूपमा अष्ट्रेलियाली नागरिक उड्डयन नियम उल्लङ्घन गरेको आरोप लगाएको छ। अभियोजन अनुसार, उनले हेलिकप्टरको उडान घण्टा अभिलेख गर्ने “meter” नै जानाजानी डिस्कनेक्ट गरेका थिए।

दुर्घटनामा संलग्न Robinson R44 मोडेलको हेलिकप्टरलाई २२०० घण्टा पुगेपछि अनिवार्य रूपमा रिटायर वा करिब ४ लाख अष्ट्रेलियन डलरभन्दा बढी खर्च गरेर ओभरहोल गर्नुपर्ने थियो। तर अभिलेख हेरफेर गरी हेलिकप्टरलाई २६४० घण्टासम्म उडाउन लगाइएको अभियोजनले जनाएको छ, जसले जहाजको airworthiness मा प्रत्यक्ष असर पारेको थियो।

Advertisement