सिड्नीमा विश्वविद्यालय विद्यार्थी पक्राउ, मोबाइलमा २५ हजार बाल दुर्व्यवहार सामग्री फाइलहरू फेला

Advertisement

सिड्नी — न्यू साउथ वेल्स विश्वविद्यालय (UNSW) को Randwick campus मा प्रहरीले एक विश्वविद्यालय विद्यार्थीलाई मोबाइलमा अत्यधिक परिमाणमा बाल दुर्व्यवहार सामग्री (Child Abuse Material) फेला परेपछि पक्राउ गरेको छ।

अष्ट्रेलियाली प्रहरीले दिएको जानकारीअनुसार, ३५ वर्षीय ती पुरुषलाई बुधबार दिउँसो करिब ३ बजे पक्राउ गरिएको हो। प्रहरीको विशेष अभियान Strike Force Glandore अन्तर्गत गरिएको अनुसन्धानपछि प्रहरीले उनको मोबाइल फोन जाँच्दा २५ हजारभन्दा बढी अश्लील भिडियो र तस्बिरहरू भेटिएको बताएको छ। ती सामग्रीमध्ये ४२ वटा फाइल ‘फेभरेट’मा राखिएको समेत पाइएको छ।

पक्राउपछि उनलाई सिड्नीको Maroubra Police Station लगिएको थियो। त्यहाँ उनलाई दूरसञ्चार प्रयोग गरी बाल दुर्व्यवहार सामग्री हेर्ने र पहुँच गर्ने अभियोग लगाइएको छ।

न्यू साउथ वेल्स प्रहरीका अनुसार, आरोपीलाई तत्काल जमानत अस्वीकार गरिएको छ। अब उनलाई Waverley Local Court मा पेश गरिनेछ, जहाँ यस मुद्दाको थप सुनुवाइ हुने बताइएको छ।

प्रहरीले Strike Force Glandore मार्फत अनलाइनमार्फत हुने बाल दुर्व्यवहार सामग्रीको वितरण, आपूर्ति र पहुँचविरुद्ध व्यापक अनुसन्धान थालेको र यसअन्तर्गत हालसम्म कैयौँ पक्राउहरू भएको जनाएको छ।

यो घटनाले विश्वविद्यालय क्याम्पसमा समेत बाल दुर्व्यवहार सामग्री सम्बन्धी गम्भीर अपराध लुकिरहेको स्पष्ट पारेको छ र प्रहरीलाई यसबारे सतर्कता र कारबाहीलाई अझै कडा पार्नुपर्ने आवश्यकताबारे सचेत गराएको छ।

spot_img