अमेरिकाको मिसिगनमा एक व्यक्तिको चक्कु प्रहारबाट ११ जना घाइते

spot_img

अमेरिकाको मिसिगन राज्यको ट्रिवर्स सिटी मा रहेको वालमार्ट स्टोर भित्र एक व्यक्तिले चक्कु प्रहार गर्दा ११ जना व्यक्ति घाइते भएका छन्।घाइतेहरूलाई तत्काल उद्धार गरी मुनसन मेडिकल सेन्टरमा उपचारको लागि पठाइएको छ। उनीहरूमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।

घटनाबारे स्थानीय प्रहरीले दिएको जानकारी अनुसार, शनिबार साँझ करिब ६ बजे ती व्यक्तिले स्टोरभित्र अनियन्त्रित रूपमा मानिसहरूमाथि अन्धाधुन्ध चक्कु प्रहार गर्न थालेका थिए। सुरक्षाकर्मी तथा प्रहरी टोलीले तत्काल घटनास्थलमा पुगेर आक्रमणकारीलाई नियन्त्रणमा लिएको थियो।

हालसम्म आक्रमण गर्ने व्यक्तिको परिचय सार्वजनिक गरिएको छैन भने आक्रमणको कारण पनि स्पष्ट भइसकेको छैन। मिसिगन राज्य प्रहरीले घटनाबारे अनुसन्धान तीव्र रूपमा अगाडि बढाएको जनाएको छ।

वालमार्ट कम्पनीले एक विज्ञप्ति जारी गर्दै घटनाप्रति दु:ख व्यक्त गरेको छ र अनुसन्धानमा सुरक्ष निकायलाई आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

आक्रमणपछि प्रहरीले स्थानीय क्षेत्रमा सुरक्षा सतर्कता बढाएको छ। साथै, नागरिकहरूलाई भिडभाडयुक्त स्थानमा नजान र सतर्क रहन आग्रह गरिएको छ।

यस प्रकारको आक्रमणले फेरि एकपटक अमेरिकामा सार्वजनिक स्थलको सुरक्षा र मानसिक स्वास्थ्यसम्बन्धी चुनौतीलाई उजागर गराएको छ। सुरक्षा विश्लेषकहरूका अनुसार, यस्ता घटनालाई नियन्त्रण गर्न सतर्कता, निगरानी प्रणाली सुदृढीकरण र मानसिक अवस्था मूल्याङ्कनको संयन्त्र थप प्रभावकारी बनाउन आवश्यक छ।

spot_img