साउन १० गते शनिबार, यस्तो छ तपाईको राशिफल

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
तार्किक क्षमताको कदर हुनेछ र सम्मान प्राप्त हुनेछ । तर साँझदेखि अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ । आशा देखाएर धोका दिने व्यक्तिहरूसँग सावधान रहनुहोस् । लाभ नहुने कामको जिम्मेवारी आउन सक्छ । अवसरवादीहरूले तपाईंको कमजोरीको फाइदा उठाउने सम्भावना छ । पढाइमा ध्यान केन्द्रित हुन गाह्रो हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अत्यधिक भेटघाटले काममा बाधा पुर्याउन सक्छ । आँट र दृढतामा कमी हुँदा अवसर गुम्ने सम्भावना छ । स्वास्थ्य कमजोर भएपनि सामाजिक कार्यमा सक्रिय भइनेछ । सामाजिक उत्तरदायित्व पूरा गर्नुपर्नेछ । मेहनतले अवसर जुट्नेछ र शुभचिन्तकहरूको साथ पाइनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
काम गर्दा चुनौती आइलाग्नेछ, तर प्रयत्न गरेमा दीर्घकालीन लाभ हुनेछ । नयाँ जिम्मेवारी हात पार्ने मौका छ । कीर्तिमानी काम सुरु गर्न अनुकूल समय हो । धेरैको साथ र समर्थन पाइनेछ । महत्वपूर्ण निर्णय लिन सकिने दिन हो । अध्ययनमा प्रगति हुनेछ । विरोध गर्नेहरू पछाडि हट्नेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
इच्छाले अनावश्यक खर्च बढ्न सक्छ । आलस्यले काम रोकिने सम्भावना छ । आर्थिक संकलनमा बाधा आउन सक्छ । अस्वस्थता वा काम बिग्रने डरले मानसिक तनाव बढ्न सक्छ । न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ने अवस्था आउन सक्छ । तर साथ दिने शुभचिन्तकहरूको अभाव भने रहने छैन ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
तर्कशक्ति बलियो हुने र रोकिएका काम सम्पादन हुने समय हो । आलोचकहरूलाई जवाफ दिन सकिनेछ । लगनशीलताले दीर्घकालीन फाइदा दिनेछ । ऋणमोचनको सम्भावना छ । सुखद समाचार प्राप्त हुनेछ । जीवनशैलीमा सकारात्मक परिवर्तन आउनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मनग्य धन आर्जन हुने दिन हो । तर पुराना सहयोगीहरू प्रतिस्पर्धी बन्न सक्ने हुँदा सतर्क रहनुहोस् । कीर्तिमानी काम सुरु गर्न सकिने समय छ । अप्रत्याशित धन लाभको सम्भावना छ । प्रतिस्पर्धीहरूले समस्या उत्पन्न गर्न सक्छन् । व्यापार र उद्योगमा फाइदा हुनेछ ।

spot_img

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
विभिन्न अवसर प्राप्त भएपनि अरूको मुख ताक्ने बानीले पछाडि पर्न सकिन्छ । समय र नियमको पालना गर्नुस् । विशेष जिम्मेवारी आउन सक्छ । रोकिएका काम बन्नेछन् र आम्दानीको स्रोत पनि बढ्नेछ । व्यवसायका लागि यात्रा हुने सम्भावना छ । प्रेममा प्रगाढता आउन सक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्नै कमजोरीले अवसर गुम्न सक्छ । विगतको श्रमबाट सामान्य लाभ भएपनि परिस्थितिसँग सम्झौता गर्नुपर्ने हुन सक्छ । रोकिएका काम बन्नेछन् । नयाँ जिम्मेवारी हात पार्न सकिने समय हो । बौद्धिक वृत्तमा प्रभाव जमाउने अवसर मिल्नेछ । तर सोखले खर्च बढाउनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
शुभचिन्तकहरूसँग भेटघाट हुनेछ । विगतका कमजोरी सुधार्ने मौका मिल्नेछ । अवरोध बीच सामाजिक हितमा राम्रो काम गर्न सकिनेछ । सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने समय हो । शुभचिन्तकको सुझाव अवमूल्यन गर्दा समस्या आउन सक्छ । काम बिग्रने डरले सताउनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सोचेजस्तै काम बन्नेछ । नयाँ अवसरहरू प्राप्त हुनेछन् । दीर्घकालीन लाभ हुने काम सुरु गर्न सकिने समय हो । धार्मिक तथा परोपकारी कार्यबाट प्रतिष्ठा बढ्नेछ । भाग्योन्नतिको संकेत देखिन्छ । तर कमजोर व्यक्तिसँग सम्झौता गर्नुपर्दा मन खिन्न हुन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कार्य क्षेत्रमा आम्दानीका नयाँ स्रोत खुल्नेछन् । श्रमको उचित मूल्याङ्कन हुनेछ । केही समस्या देखिए पनि दिन रमाइलो हुनेछ । परिवारको साथले उत्साह बढ्नेछ । अनायासै प्रतिस्पर्धा बढ्न सक्छ । प्रतिष्ठा र अधिकारका लागि संघर्ष गर्नुपर्ने अवस्था आउन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
गरेका कामबाट राम्रो लाभ मिल्नेछ । तर साँझदेखि ईर्ष्यालुहरूका कारण समस्यामा पर्न सकिनेछ । सोख पूर्तिका लागि खर्च बढ्ने सम्भावना छ । साँझतिर सानातिना समस्यामा अल्झिनु पर्ने हुन सक्छ । रोकिएका कामहरूमा पुनः प्रयास गर्दा सफलता मिल्नेछ । आम्दानी बढेर आर्थिक पक्ष सबल बन्नेछ ।

spot_img