
सिराहा । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका ३ हनुमाननगरमा बिहीबार राति भएको आगलागीमा करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
स्थानीय ७० वर्षीय कुजीलाल चौधरीको गोठमा राति अचानक आगलागी भएको हो । आगलागीबाट गोठमा रहेका पराल, खाध्य सामाग्री, लत्ता कपडा, भाँडाकुँडा लगायतका सामान पूर्णरूपमा जलेर नष्ट भएको जनाइएको छ ।
स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीको कारण बारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सिराहाले जनाएको छ ।






