न्यु साउथ वेल्समा मङ्कीपक्स विरुद्ध (Mpox) खोप लगाउन चेतावनी

FILE - This 1997 image provided by the CDC during an investigation into an outbreak of monkeypox, which took place in the Democratic Republic of the Congo (DRC), formerly Zaire, and depicts the dorsal surfaces of the hands of a monkeypox case patient, who was displaying the appearance of the characteristic rash during its recuperative stage. The World Health Organization is convening its emergency committee on Thursday, July 21, 2022 to consider for the second time within weeks whether the expanding outbreak of monkeypox should be declared a global crisis. (CDC via AP, File)

न्यू साउथ वेल्समा तीन mpox (monkey pox) केसहरू फेला परेका छन्, जसले स्वास्थ्य अधिकारीहरूले खोप लगाउनै पर्ने संकेत गरेको छ । NSW Health ले यस हप्ता पुष्टि भएका तीनवटा घटनाहरू साउथ अष्ट्रेलिया र भिक्टोरियामा सँग सम्बन्धित रहेको पुष्टि गरेको छ। २०२२ मा NSW मा कुल ७२ जनामा mpox केसहरू पहिचान गरिएको थियो।

Mpox दूषित वस्तुहरू वा सतहहरूसँगको सम्पर्कमा, साथै लामो समयसम्म वा छाला-देखि-छालाको घनिष्ठ सम्पर्कबाट फैलिन सक्छ।एमपोक्सका लक्षणहरूमा छालामा दाग, ज्वरो आउने, घाँटी दुख्ने, टाउको दुख्ने, थकान हुने, मांसपेशी दुख्ने र लिम्फ नोडहरू सुन्निने जस्ता लक्षणहरू देखिन्छन् ।

त्यसैगरी शरीरका विभिन्न अङ्गहरूमा साना दाना हरु vesicles ,pustules वा अल्सरको रूपमा , पनि देखा पर्न सक्छन्।।मङ्कीपक्षले केही अफ्रिकी देशहरूमा पनि संक्रमण फैलाएको छ। २०२२ मे महिनामा यसको प्रकोप विश्वव्यापी भएको थियो। जसमा ९७ हजार भन्दा बढी केस रिपोर्ट भएको थियो जसमा समलिङ्गी र बाइसेक्सुअल मेन बढी प्रभावित भएका थिए।

NSW Health का कार्यकारी निर्देशक डाक्टर जेरीमी McAnulty ले समलिङ्गी र बाइसेक्सुअल मेनहरूलाई लक्षणहरूमा सावधान रहन र निःशुल्क भ्याक्सिन लगाउन अनुरोध गर्दै खोपको प्रभावकारिताका लागि दुई डोज आवश्यक रहेको छ र जो कोहीले एक मात्र डोज लगाएको छ भने २८ दिनभित्र डोज लगाउनुपर्ने बताएकी छिन्।