नेपालले बंगलादेशसँग मैत्रीपुर्ण फुटबल खेल्ने

spot_img

    काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले बंगलादेशसँग मैत्रीपुर्ण खेल खेल्ने भएको छ । आगामी सेप्टेम्बर ६ र ९ मा नेपालले बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको हो ।

    अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार फिफा विन्डो अन्तर्गतका दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन्।

    नेपालले एएफसी एसियन कप २०२७ तेश्रो चरणको छनोट अन्तर्गत भियतनामसँगको खेलको तयारीका लागि बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

    नेपाल एसियन कप छनोटको समूह ‘एफ’ मा रहेको छ । यो समूहमा नेपालसँगै मलेसिया, लाओस र भियतनाम छन् ।

    तर, समूह चरणका दुई खेल खेलेको नेपालले दुवै खेल हार बेहोरेको छ ।

    नेपाल मलेसियासँग २-० र लाओससँग २-१ ले पराजित भएको थियो । नेपाली टोलीले अब अक्टोबर ९ मा भियतनामको सामना गर्नेछ ।

    spot_img