
गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ। प्रमुख निर्वाचन आयुक्त डिल्ली ढकालले एक सूचना जारी गर्दै उम्मेदवारी दर्तादेखि मतदानसम्मका सम्पूर्ण मिति तथा प्रक्रियाबारे जानकारी दिनुभएको हो।
निर्वाचनमा कुल २२० पदका लागि प्रतिस्पर्धा हुने भएको छ। उम्मेदवारी दर्ता जुलाई १२ गते हुनेछ। यसपटक पनि भेरो भोटिङ्ग नामक सफ्ट्वेयर प्रयोग गर्ने सम्भावना अधिक रहेको छ , जुन अघिल्ला निर्वाचनहरूमा पनि प्रयोग गरिएको थियो।
निर्वाचन तालिका यसप्रकार छ:
जुलाई १२: उम्मेदवारी दिने अन्तिम मिति
जुलाई १३: उम्मेदवारहरूको नामावली सार्वजनिक
जुलाई १५: उम्मेदवारहरूविरुद्ध दाबी विरोध पेश गर्ने समय
जुलाई १६: योग्य उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन
जुलाई १७: उम्मेदवारी फिर्ता लिने अन्तिम दिन (राति १२ बजेसम्म)
जुलाई १८: उम्मेदवारहरूको टुंगो, अन्तिम नामावली प्रकाशन
जुलाई २०: प्रारम्भिक मतदान (Pre-voting)
जुलाई २६: निर्वाचनको मुख्य दिन – बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म मतदान
संघका अनुसार, सम्पूर्ण निर्वाचन प्रक्रिया पारदर्शी, निष्पक्ष र डिजिटल माध्यमबाट सम्पन्न गरिनेछ। उम्मेदवार तथा मतदाताहरूलाई आवश्यक सूचना र सहयोग निर्वाचन समिति मार्फत दिइने बताइएको छ।
(अधिक जानकारीका लागि एनआरएनए निर्वाचन समितिको आधिकारिक वेबसाइट वा सामाजिक सञ्जाल हेर्न सकिनेछ।)

![IMG_5932[1]](https://avyuktnews.com/wp-content/uploads/2025/07/IMG_59321-1-696x392.jpg)



