गायिका अस्मिता अधिकारी र महेश काफ्लेले गरे इङगेजमेन्ट

गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले इङगेजमेन्ट गरेका छन् । संयुक्त अरब इमिरेट्स पुगेका उनीहरूले सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गरेका हुन् ।केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका महेश र अस्मिताले इङगेजमेन्ट गरेका हुन् । 

आफूहरूले इङगेजमेन्ट गरेको महेश आफैँले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् । 

‘सहयात्राको यो सुरुआत’ भन्दै उनले लेखेका छन्, ‘वी आर इङगेजड ! आई लभ यु’ भन्दै महेशले अस्मितासँगका तस्विर उनलाई ट्याग गरेका छन् ।  बाल्यकालदेखि संगीतमा लागेका महेशले बीचमा खेल पत्रकारको रूपमा आफूलाई चिनाएका थिए । अस्मिता भने नेपाल आइडलबाट उदाएकी गायिका हुन् ।