एनआरएन अष्ट्रेलियाले न्यूसाउथवेल्स सरकारबाट एक लाख डलरको अनुदान सहयोग सोमबार प्राप्त गरेको छ। गैरआवासीय नेपाली संघको कार्यालय उद्घाटनमा प्रिमियर क्रिस मिन्सले सहभागिता गर्दै उनले एनआरएनले गर्दै आएका कार्यहरुबारे जानकारी प्राप्त गरेपछि सहयोग छिट्टै प्राप्त हुने विश्वास व्यक्त गरेका थिए ।

न्यूसाउथवेल्सका बहुसंस्कृति मन्त्रीले एक पत्र पठाउँदै मेरिल्याण्डमा हालै किनिएको कार्यालय भवनबाट विभिन्न बहुसांस्कृतिक गतिविधि सञ्चालन हुने अपेक्षा गर्दै बधाई दिएका छन्। एनआरएन अष्ट्रेलियाको प्रवक्ता बबिन मिश्रले भने, यस सहयोगका लागि न्यूसाउथवेल्स सरकारलाई धन्यवाद ज्ञापन गरिएको छ।
