बढ्यो सुन–चाँदीको भाउ,कतिमा हुँदैछ कारोबार?

Advertisement

    काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलाको ३ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला एक लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदी २ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी २ हजार १ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

    spot_img