सेयर बजारमा दोहोरो अंकको गिरावट,९ अर्ब १४ करोडको कारोबार

काठमाडौं । आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार नेप्से परिसूचक ३२.९३ अंकले घटेर २५९५.९७ विन्दुमा झरेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ।

यस दिन ९ अर्ब १४ करोड ५८ लाख ५८ हजार रुपैयाँ बराबरको २ करोड १५ लाख ४७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर सकारात्मक सर्किट लागेको छ। सो कम्पनीको सेयरमूल्य यस दिन ३१ रुपैयाँ ६२ पैसा बढेर ३४८ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। पियोर इनर्जीको सेयरमूल्य यस दिन सर्वाधिक घटेको छ। यस दिन दोर्दी खोला जलविद्युत कम्पनीको सर्वाधिक कारोबार भएको हो ।

spot_img