सिराहामा मोटरसाइकल र साइकल बीच ठक्कर, तीन जनाको मृत्यु

Advertisement
  • धनुषाको जनकपुरमा शुक्रबार भएको एक यात्रुवाहक बस दुर्घटनामा परी दुई दर्जनभन्दा बढी यात्रु घाइते भएका छन्। दुर्घटना धनुषाधाम नगरपालिका–१ स्थित मल्टोल चोकमा बिहानको समयमा भएको हो।
  • जनकपुरधामबाट सिराहाको लहानतर्फ जाँदै गरेको ना ५ ख १४४१ नम्बरको बस अनियन्त्रित भई सडकछेउमा पल्टिएको हो। दुर्घटनाका बेला बसमा करिब ३० देखि ३५ यात्रु सवार थिए।
  • प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार, बस मल्टोल चोकमा रहेको बस स्टपमा रोक्ने क्रममा अनियन्त्रित भएर दुर्घटनामा परेको हो। प्रारम्भिक अनुसन्धानका आधारमा प्रहरीको आशंका छ कि बसको ब्रेक फेल भई दुर्घटना भएको हो
  • दुरर्घटनामा घाइते भएका यात्रुहरूलाई तत्काल उद्धार गरी उपचारका लागि जनकपुरलगायतका विभिन्न अस्पतालहरूमा लगिएको छ। उद्धारका लागि छवटा एम्बुलेन्सएक प्रहरी भ्यान परिचालन गरिएको थियो।
spot_img
  • घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ भने धेरैजसोको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ। दुर्घटनापछि केही समय त्यस क्षेत्रको सडक अवरुद्ध भएको थियो भने अहिले अवस्था सामान्य भइसकेको जनाइएको छ।
  • दुर्घटनापछि जनकपुर प्रहरीले घटनास्थलको निरीक्षण गरी आवश्यक विवरण संकलन गरिरहेको छ। बसका चालक र सहचालकको खोजी तथा अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको छ।
  • स्थानीय बासिन्दाले सो क्षेत्र नजिकैको सडक मोड झनै जोखिमपूर्ण रहेको भन्दै यात्रुवाहक सवारीसाधनहरूका लागि अतिरिक्त सावधानी अपनाउन आग्रह गरेका छन्।
  • यसैबीच, प्रहरीले यात्रुवाहक सवारीसाधनहरूको नियमित प्राविधिक जाँच (ब्रेक प्रणाली लगायत) गर्न जरुरी रहेको औंल्याएको छ।
spot_img