जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज स्कटल्याण्ड र नेदरल्याण्डस भिड्दैछन् । यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुदैछ ।
जारी सिरिजमा स्कटल्याण्डले खेलेका २ खेलमा नेदरल्याण्डसविरुद्ध जित हासिल गरेको थियो भने नेपालविरुद्ध पराजित भएको थियो । त्यस्तै नेदरल्याण्डसले पनि यस अघि खेलेका २ खेलमा स्कटल्याण्डविरुद्ध हार बेहोरेको थियो भने नेपालविरुद्ध जित हासिल गरेको थियो ।

यस सिरिजमा तिनै देशले खेलेका २-२ खेलमा एक एक जित हासिल गरेका छन् भने एक एक हार बेहोरेका छन् ।स्कटल्याण्ड र नेदरल्याण्डस अहिलेसम्म टी-२० खेलमा १६ पटक आमने सामने भएका छन् । जसमा स्कटल्याण्डले ९ खेल जितेको छ भने नेदरल्याण्डस ७ खेलमा विजयी भएको छ । आइसीसीको टी-२० वरियतामा स्कटल्याण्ड १३औं स्थानमा छ भने नेदरल्याण्डस १४औं स्थानमा रहेको छ ।
२० जुनसम्म हुने यस सिरिजको अर्को खेल विहिबार नेपाल र नेदरल्याण्डस तथा शुक्रबार नेपाल र स्कटल्याण्ड खेल्ने तालिका रहेको छ ।





