पश्चिमी र दक्षिण एसियामा डेंगुको प्रकोप तिव्र देखिए संगै अस्ट्रेलियामा पनि फैलन सक्ने खतरा

पश्चिमी प्रशान्त र दक्षिण-पूर्वी एसियामा डेंगु ज्वरोको प्रकोप तीव्र बनेको छ, जसका कारण अष्ट्रेलियाली यात्रुहरूलाई सावधानी अपनाउन चेतावनी दिइएको छ। कुक टापुहरूले यसलाई हालै सम्भावित घातक रोगको रुपमा प्रकोप घोषणा गरेका छन् भने स्वास्थ्य मन्त्रालयको पछिल्लो जुन ६ को अपडेट अनुसार १९ केसहरु रेकर्ड भएको बताइएको छ साथै फिजी, सामोआ, टोंगा लगायत अन्य प्रशान्त राष्ट्रहरूमा पनि केसहरू र मृत्युदर बढ्दो रुपमा देखिएको छ।

विशेषज्ञहरूका अनुसार एडिस एजिप्टाई लामखुट्टेले फैलाउने गर्छ। किटनाशक र सफाई अभियान जस्ता डेंगु प्रकोपको वर्तमान प्रतिक्रियाहरुले अहिलेसम्म सीमित प्रभाव मात्र देखिएको विश्वलामखुट्टे कार्यक्रमका क्षेत्र किट विज्ञानका विशेषज्ञ डा.ग्रेगर डेभिनले बताएका छन् ।
डेंगुलाई हल्का रोगका रुपमा खारेज गर्नु जीवनको लागि खतरा हुने,जलवायु परिवर्तनका कारण खोपको खाडल र लामखुट्टेको वासस्थानको विस्तारलाई सम्बोधन गर्नुपर्ने कारणहरु भएको साथै विशेष गरि गम्भीर केसहरु र मृत्युका रिपोर्टहरु युवाहरुमा बढी देखिएको र प्रसान्त महासागरमा यो रोगको प्रकोव तीव्र देखिंदै गएको प्यासिफिक कम्युनिटी जनस्वास्थ्य विभागका निर्देशक डा.बर्लिन काफोआमाले बताएका छन । त्यस्तैगरी खोप सल्लाहाकार केन्द्रका चिकित्सा सल्लाहाकार डा. जोन इन्ग्रामले रोगको बढ्दो फैलावटले यात्रुहरुमा पनि खतरा निम्त्याउन सक्ने चेतावनी दिएका छन् ।
साथै स्मार्ट्राभेलरमार्फत अष्ट्रेलियालीहरूलाई प्रभावित क्षेत्रहरूको जानकारी अद्यावधिक गर्दै यात्रा योजनामा सतर्कता अपनाउन आग्रह गरिएको छ।

Advertisement