उडेको दुई मिनेटमै खसेको एयर इण्डियाको जहाजमा गुजरातका पूर्वमुख्यमन्त्री सहित ५२ बेलायती

 भारतको अहमदाबादमा दुर्घटना भएको विमानमा गुजरातका पूर्वमुख्यमन्त्री समेत सवार भएको खुलेको छ । अहमदावादबाट लण्डनका लागि उडेको बोइङ एआई १७१ जहाज उडेको दुई मिनेटमै भुइमा खसेको थियो ।

२४२ यात्रु सवार एयर इन्डियाको ड्रिमलाइनर विमानमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी समेत सवार रहेको भारतीय समाचार संस्था दैनिक भास्करले जनाएको छ ।

दुर्घटनाग्रस्त एयर इण्डियाको जहाजमा ५२ जना बेलायती नागरिक रहेको पुष्टि भएको छ ।

spot_img