सन् २०२५ को जनवरीदेखि मे सम्ममा मात्रै १४० जना नेपालीहरुलाई अमेरिकाले डिपोर्ट गरिसकेको छ। पछिल्ला केही दिनमा मात्र ३७ जना नेपालीलाई चार्टर्ड विमानमार्फत काठमाडौं फर्काइएको छ। तीमध्ये अधिकांश भिसा अवधि सकिएर बसेका, नक्कली कागजात प्रयोग गरेका तथा आपराधिक गतिविधिमा संलग्नहरु रहेका थिए ।
पछिल्लो समयमा आप्रवासन नीति कडा बनाउँदै गैरकानुनी रूपमा बसोबास गरिरहेका विदेशी नागरिकलाई अमेरिकाले लगातार देशनिकाला गर्दै आएको छ। पाँच महिना अवधिमा मात्र दर्जनौं नेपालीलाई स्वदेश फर्काइएको नेपाल सरकारको अध्यागमन विभागले जनाएको छ।यही कडाइ अब अष्ट्रेलियामा पनि लागू हुने अवस्था देखिएको छ। अष्ट्रेलियाली अध्यागमन कानुनका अनुसार भिसाको दुरुपयोग, अवैध रुपमा बसोबास वा आपराधिक गतिविधिमा संलग्न विदेशी नागरिकहरुलाई डिपोर्ट गरिन्छ।

अमेरिकाबाट फर्काइएका नेपालीको अवस्थाले अष्ट्रेलियामा रहेका नेपालीका लागि समेत सचेत तथा चेतावनीपूर्ण पाठ भएको साथै अवैध रुपमा बसेको पाए अस्ट्रेलियाले पनि डिपोर्ट गर्नसक्ने एक आप्रवासनका वकिलले बताएका छन् ।
अवैध बसाइले सुरक्षाको प्रत्याभूति नहुने , स्थायित्व वा भविष्यको सुनिश्चित पनि हुन् सक्दैन। बरु सपना बोकेर विदेशिएका नेपाली लाज र निराशा लिएर फर्किनुपर्ने बाध्यता सिर्जना भएको देखिएको छ । भिसा सकिएपछि बसिरहनु ,कागज बिना काम गर्नु ,तथा दलालको भरमा बसोबास गर्नु नियम विपरित हुनुका साथै जोखिमपूर्ण पनि हुन्छ ।अब भने अष्ट्रेलियामा रहेका नेपालीहरुले यो घटनालाई गम्भिरतापुर्वक लिँदै नीति नियमको पालना गरि आफूलाई सुरक्षित बनाउनुपर्ने अवस्था आएको छ ।
