आज नेप्सेमा छायो हरियाली, कारोबार रकम पनि बढ्यो

 आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक  बढेकाे छ । आज नेप्से २६  दशमलव २४ अङ्क अर्थात् ० दशमलव ९८ प्रतिशतले बढेर दुई हजार ६७९  दशमलव ३४ विन्दुमा कायम भएको हाे ।

आजको कारोबारमा विभिन्न ३११ कम्पनीका २ करोड ३६ लाख ९७ हजार १४५ कित्ता शेयर  ८१ हजार ७८३ पटक किनबेच हुँदा  १० अर्ब १६ करोड ९ लाख ८१ हजार  ७६ दशमलव १७ बराबरकाे किनबेच भएकाे छ ।

५८ करोड ४९ लाख रुपैयाभन्दा बढीसहित कारोबार रकममा एचआइडीसीएल प्रमोटर अग्रस्थानमा आएको छ ।  यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः अरुण काबेली हाइढ्रोपावर र राधि विद्युत कम्पनी परेका छन् ।

spot_img