नेपाली सांगीतिक संसारका चर्चित तथा बहुप्रतिभाशाली गायक दुर्गेश थापा आगामी ८ अगस्ट २०२५, शुक्रबार को दिन एडिलेडको Woodville Town Hall मा दर्शकमाझ प्रत्यक्ष प्रस्तुति लिएर उपस्थित हुने भएका छन्। ‘Dushman Hereko Herai – Live in Adelaide’ शीर्षकमा तय भएको यस भव्य कन्सर्टको तयारी तीव्र रूपमा अगाडि बढिरहेको छ।लोकपप, स्टाइलिश प्रस्तुति र पहिरनका लागि चर्चित थापा यसपटक अष्ट्रेलियामा रहेका नेपालीहरूलाई संगीत र माटोको झल्को दिलाउन आउन लागेका हुन्। कार्यक्रम brizROCKS र SK-Events Adelaide को संयुक्त आयोजनामा,Heubert Academy को टाइटल स्पोन्सरशिपमा, सम्पन्न हुँदैछ।
उनको पछिल्लो समय अत्यधिक रुचाइएको गीत ‘दुश्मन हेरेको हेरै’ ले युट्युब ट्रेन्डिङमा स्थान बनाउँदै फेरि एकपटक उनको लोकप्रियता प्रमाणित गरिदिएको छ। शक्तिशाली शब्द, आकर्षक भिडिओ र दमदार प्रस्तुति समेटिएको यो गीतले युवापुस्तामाझ निकै चर्चा बटुलेको छ। दुर्गेश थापाले आफ्नो हिट गीत ‘दुश्मन हेरेको’, ह्याप्पी तिहार, ‘रातो रातो खुर्सानी’, ‘की दुर्गेश जेलमा’, ‘बाल मतलब’, ‘हुकुमको एक्का’, ‘तिमी संग’, ‘मुद्दा हाल्दिन्छु’, पैसा, साथी र ‘सलाई छ’ जस्ता गीतहरूले पनि राम्रो चर्चा कमाएका छन्। यी गीतहरूले दुर्गेशलाई लोक–पप फ्युजनको अद्वितीय गायकका रूपमा स्थापित गरेका छन्। फरक शैलिका शब्द, रोचक भिडियो, स्टेजमा दमदार उपस्थिति र चर्चामा आउन सक्ने सामर्थ्य भएका दुर्गेशका गीतहरू विशेषगरी युवापुस्ताले मन पराउँछन्। कतिपय गीतहरू विवादित पनि बनेका छन्, तर ती विवादकै बीच उनी दर्शकको साथ जित्दै अघि बढिरहेका छन्।आगामी अगस्ट ८ एडिलेडमा सम्पन्न हुन गइरहेको कार्यक्रमका लागि Gold Sponsor “Expert Education & Visa Services” रहेका छन् भने Travel Partner को रुपमा Doko Tours सहभागी छ। त्यस्तै Hospitality Partner BLIV सहित IEA, Viva Care, e-planet, र ET Institute कार्यक्रमका प्रमुख सहयोगी संस्थाका रूपमा संलग्न छन्।

यस कार्यक्रमको मिडिया पार्टनर मा दैनिक, Saathi TV रहेका छन्, जसले कार्यक्रमको व्यापक प्रचारप्रसारमा योगदान दिइरहेका छन्। एडिलेडका लागि कार्यक्रम व्यवस्थापक एसके इभेन्टका निर्देशक कमल थापा मगरले परिवारसहित आफ्नो टिकट सुरक्षित गरी भरपुर मनोरञ्जन लिन अनुरोध गरेका छन्। टिकट Tixort प्लेटफर्ममार्फत बिक्री भइरहेको छ।
चर्चित गायक तथा सांगीतिक प्रस्तोता दुर्गेश थापाले केही महिनाअघि नै आफ्नो वर्ल्ड टुरको सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पहिलो रोजाइको रूपमा अष्ट्रेलियालाई चयन गरेको जानकारी समेत दिएका थिए।
गायक थापाका अनुसार अष्ट्रेलियाको विभिन्न शहरहरूमा सांगीतिक कार्यक्रमको तयारी भइरहेको छ। उनले भने, “मैले वर्ल्ड टुरको थालनी अष्ट्रेलियाबाट गर्ने निर्णय गरेको छु। यहाँको नेपाली समुदायप्रति मेरो विशेष माया र सम्मान छ।”
गायक दुर्गेश थापाको यो प्रस्तुति केवल मनोरञ्जनमा सीमित नरही, अष्ट्रेलियामा बसोबास गरिरहेका नेपालीहरूबीचको सामाजिक एकता, आपसी सम्बन्ध र नेपाली पहिचानलाई मजबुत बनाउने एउटा सशक्त माध्यम बन्ने विश्वास आयोजकहरूको छ।
