अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित ९३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले आज तत्कालीन कानून तथा न्यायमन्त्री प्रेमबहादुर सिंह, तत्कालीन भूमिसुधार तथा व्यवस्था मन्त्री (हाल दिवंगत) डम्बर श्रेष्ठ र उनका छोरा सन्तोष श्रेष्ठलाई समेत प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको हो ।
तत्कालीन मुख्य सचिव ९हाल दिवंगत० माधवप्रसाद घिमिरे र उनकी श्रीमती कमला घिमिरे, भूमिसुधार मन्त्रालयका तत्कालीन सचिव छविराज पन्त, सहसचिवहरू जीतबहादुर थापा र लालमणि जोशीलाई प्रतिवादी बनाइएको छ ।





