भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले संसद् बैठकमा बोल्ने वातावरण निर्माण गरिदिन आग्रह गरेका छन् ।राज्य व्यवस्था परामर्श तथा सुशासन समितिको बैठकमा बुधबार उपस्थित भएका गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणका बारेमा संसदमा बोल्ने वातावरण निर्माण गरिदिन आग्रह गरेका हुन् ।गृहमन्त्री लेखकले आफूमाथि प्रतिपक्षमा रहेका दलहरूले भिजिट भिसाबारे लगाएका आरोपको जवाफ संसदमा दिने बताए ।





