नेपाल राष्ट्र बैंकले ३ अर्ब १४ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्दै

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा मुद्दति निक्षेपका रूपमा ३ अर्ब १४ करोड २ लाख रुपैयाँ लगानी गर्ने तयारी गरेको छ । राष्ट्र बैंकले आफ्ना विभिन्न कोषमा रहेको उक्त रकम ३६६ दिनका लागि मुद्दति निक्षेपको रूपमा राख्न चाहने बैंक तथा वित्तीय संस्थाहरूबाट प्रस्ताव आह्वान गरेको हो ।

राष्ट्र बैंकका अनुसार २ अर्ब ५१ करोड २२ लाख रुपैयाँ वाणिज्य बैंकहरूमा, ४७ करोड १० लाख रुपैयाँ राष्ट्रियस्तरका विकास बैंकहरूमा र १५ करोड ७० लाख रुपैयाँ वित्त कम्पनीहरूमा जम्मा गरिनेछ । आगामी जुन १७ देखि लागू हुनेगरी सन् २०२६ जुन १७ सम्म ३६६ दिनका लागि मुद्दति निक्षेपका रुपमा जम्मा गरिने राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप प्रस्ताव गर्न चाहने संस्थाहरूले जेठ २२ गते राति १२ बजेभित्र आवश्यक कागजात, प्रस्तावित ब्याजदर तथा चाहिएको रकमसहित प्रस्ताव पठाउनुपर्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

Advertisement