आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहिबार सुनको मूल्य एक लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।
आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ६१ हजार ८६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ७ सय २ रुपैयाँ कायम भएको छ ।
