नेपालमा हाल पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको छ। यसैले, आज (शुक्रबार) दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू-भागमा भने मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ।
कोशी प्रदेशका केही स्थानमा, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत पहाडी भू-भागका थोरै स्थानमा र बाँकी भू-भागका एक–दुई स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। विशेषगरी, कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी प्रदेश र बागमती प्रदेशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा र बाँकी उच्च-पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना पनि छ।
आज राति कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू-भागमा भने मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ।
कोशी प्रदेशको केही स्थानमा, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत पहाडी भू-भागका थोरै स्थानमा र बाँकी भू-भागका एक–दुई स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले बताएको छ। कोशी प्रदेशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा र बाँकी उच्च-पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहनेछ।
