सरकारले सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम गर्ने

 सरकारले सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम गर्ने भएको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज संसद्मा पेस गर्नुभएको भजेट भाषणको क्रममा यस्तो बताएका छन् ।

पौडेलका अनुसार यस्तो रकमको चक्रीय कोष बनाइने छ । कर्जा अपचलन गर्नेको सम्पत्ति र राहदानी रोक्का राखिने बताए ।

यस्तै, भूमि सुधार मालपोत र नापीका अभिलेख डिजिटल गरिने भएको छ। रोक्का र फुक्का कार्य अनलाइनमा गरिने र सहकारी नियमन प्राधिकरणबाट सहकारी नियमन गरिने पनि अर्थमन्त्री पौडेलले बताए ।

भूमि सहकारी मन्त्रालयको बजेट ७ अर्ब ४९ करोड रकम रहेको छ।

Advertisement