क्यानबेरामा विदेशी नागरिकलाई अस्ट्रेलियन ड्राइभिङ लाइसेन्स रुपान्तरण गर्ने प्रक्रिया चुनौतिपुर्ण बन्दै

क्यानबेरामा विदेशी नागरिकहरूलाई अष्ट्रेलियन ड्राइभिङ लाइसेन्स रूपान्तरण गर्ने प्रक्रिया अहिले निकै चुनौतीपूर्ण र विवादास्पद बन्दै गएको छ। गैर-मान्यता प्राप्त देशहरूबाट आएको ड्राइभिङ लाइसेन्स भएका व्यक्तिहरूलाई अष्ट्रेलियाको पूर्ण लाइसेन्स पाउन मात्र एकपटक ड्राइभिङ टेस्ट दिने नियम लागू गरिएको छ। एकपटकको गल्तीले अनुभवी चालकहरू पनि एल-प्लेटमा झारिनुपर्ने स्थिति आएको छ। त्यसपछि उनीहरूले ५० घण्टाको पर्यवेक्षित अभ्यास पूरा गरी मात्र पी-प्लेट पाउने प्रक्रिया सुरु हुन्छ ।— त्यो पनि पूर्ण लाइसेन्सधारी व्यक्तिको साथमा सवारी गर्दा मात्र मान्य हुनेछ्।

यस नियमले वर्षौदेखि सुरक्षित रूपमा गाडी चलाउँदै आएका विदेशी चालकहरूलाई एकै चोटि सुरुवाती चरणमा फर्काइरहेको गुनासो व्यापक छ। धेरैले यो नियम अन्यायपूर्ण र अपूरो भएको भन्दै आलोचना समेत गरेका छन्। जबकि न्यू साउथ वेल्स वा क्वीन्सल्याण्ड जस्ता राज्यहरूमा परिक्षामा असफल भएपनि फेरि मौका दिइन्छ, ACT मा भने एकैपटकको टेस्टमा पास हुनैपर्ने बाध्यता रहेको छ। जसले गर्दा आत्मविश्वासी चालकहरू पनि तनावमा परी गल्ती गर्न सक्ने चुनौती देखिएको छ ।

spot_img

ड्राइभिङ परीक्षणमा २३ वटा क्षमता मूल्यांकन गरिन्छ। पछिल्ला वर्षहरूमा उत्तीर्ण दर घट्दो क्रममा छ ,— २०२१ मा ६२ प्रतिशतले पास गरेका थिए भने २०२४ मा त्यो दर घटेर ४६ प्रतिशतमा झरेको छ। सबैभन्दा बढी समस्या प्यारालल पार्किङ, युटर्न, र थ्री-प्वइन्ट टर्न जस्ता अभ्यासहरूमा देखिएको छ। अर्को महत्त्वपूर्ण विषय — मे १, २०२५ देखि लागू भएको नियम अनुसार, ACT मा Experienced Driver Recognition व्यवस्था अन्त्य गरिएको छ। यसका कारण धेरै देशहरूका लाइसेन्सधारीहरू, जसलाई पहिला परीक्षण आवश्यक पर्दैनथ्यो भने अब अनिवार्य परीक्षणमा सहभागी हुनुपर्ने स्थिति आएको छ।

क्यानबेराको यो एकपटकमात्रको ड्राइभिङ परीक्षण नीति, विदेशी अनुभवी चालकहरूका लागि कठिन, मनोवैज्ञानिक दबावपूर्ण, र कहिलेकाहीँ अन्यायपूर्ण बनिरहेको छ। यो विषयमा नीति निर्माताले पुनर्विचार गर्नुपर्ने आवाज तीव्र हुँदै गएको छ।

spot_img