नेपाली सामुदायिक संस्थाहरुको संगठन फ्रेड़ेसन अफ नेप्लिज कम्युनिटी एसोसियसन अफ अस्ट्रेलिया (फेन्का) साउथ अस्ट्रेलिया समितिको आयोजनामा मे ३१ मा हिमालय पर्वत शृङ्खलाको संरक्षण सन्देशसहित अन्तर्राष्ट्रिय सगरमाथा दिवस २०२५ दक्षिण अस्ट्रेलियाको एडिलेडमा भव्यताका साथ मनाइने भएको छ ।
फेन्का साउथ अस्ट्रेलियाद्वारा नेपाली सामुदायिक संघसंस्थाहरुको सहकार्यमा कार्यक्रम आयोजना गर्न लागिएको हो । सन् १९५३ मे २९ का दिन न्युजिल्याण्डका सर एडमण्ड हिलारी र नेपालका तेन्जिंगनोर्गे शेर्पाले सगरमाथाको चुचुरोमा प्रथमपटक आरोहण गरेको दिनको सम्झनामा विश्वभर सगरमाथा दिवस मनाइदै आईएको छ ।
विश्वकै सर्वोच्च शिखर सगरमाथाको संरक्षण र नेपालमा पर्यटन सम्बन्धि प्रचार प्रसारका लागि उक्त कार्यक्रमको आयोजना गरिएको (फेन्का )साउथ अस्ट्रेलियाका संयोजक सुरेन्द्र रेग्मीले जानकारी दिनुभयो । सगरमाथा दिवस मनाउनुका पछाडि नेपालको पर्यटनसंगै सगरमाथाको वातावरण संरक्षणका निम्ति जनचेतना फैलाउने उद्वेश्य रहेको पनि रेग्मीले बताउनुभयो ।साथै सोहि दिन आफ्ना नेपालबाट आउनुभएका अभिभावकसहित , नेपाली समुदायका सबै वर्ग ,विद्यार्थी , परिवार तथा हिमालयप्रेमिहरुलाई समेत सक्रिय रुपमा सहभागी भइदिनका लागि आमन्त्रण गरिएको छ । कार्यक्रममा उपस्थित भइ कार्यक्रमलाइ पूर्ण रुपमा सफल बनाइदिन पनि संयोजक रेग्मीले आग्रह गर्नुभयो ।
