अष्ट्रेलियाको एउटा प्रमुख सहर मेलबर्नको जनसंख्या यती छीटो बढी रहेको छ की यसको जनसंख्या चाडै नै न्युयोर्क सहरको बराबर हुने अनुमान गरिएको छ। नयाँ तथ्यांकअनुसार अष्ट्रेलियाली राजधानी सहरहरुमा आप्रवासी हरुको चाप बढ्दो देखिन्छ ।
पछिल्लो तथ्यांकअनुसार मेलबर्न र भित्री सिड्नी नयाँ आप्रवासी हरुका लागी सवैभन्दा मूख्य आकर्षण को क्षेत्र बनेको छ्। मेलबर्नको जनसंख्या को गति यती तीब्र रुपमा बढीरहेको छ की भिक्टोरीयन राजधानी टाढाको भविष्य मा न्युयोर्क सहरको समान जनसंख्या हुने अनुमान छ।
गत हप्ता सन 2050 सम्ममा सहरलाइ घर बनाउने 90 लाख भन्दा बढी मानिसहरू को लागी कसरी तयार गर्न सकिन्छ भन्ने विसयलाइ लिएर व्यापारिक नेताहरू र राजनितिज्ञहरु आपसमा छलफल गर्न संगोष्ठीमा भेला भएका. थिए ।मेलबर्न हालैका वर्षहरूमा यसको बासिन्दाका आधारमा भएको विशाल जनसंख्या वृद्विसॅग सामना गर्न सङ्घर्ष गरिरहेको छ्, यसले भविष्यमामा आउने लाखौ नयाँ पिढीलाई कसरी व्यवस्थापन गर्नेछ भन्ने बारे शंका रहेको बिज्ञहरुको भनाई छ्। जनसंख्या वृद्विका परिणामहरु धेरै टाढा नभई आफैसॅग रहेको जनसंख्या अनुसन्धान सस्थानका अध्यक्ष बब बिरलले बताएका छ्न ।
मेलबर्नको जनसंख्या आगामी सन 2050 सम्ममा नौ मिलियन नाघ्ने अनुमान गरिएको छ ।अष्ट्रेलियाली तथ्यांक ब्युरोको पछिल्लो तथ्यांकअनुसार 2024 आर्थिक वर्षमा राष्ट्र का राजधानी सहरहरुमा सम्युक्त रुपमा 427,800 मानिसहरुको संख्या वृद्वी भएको छ ,जुन 2.4 प्रतिशत ले वृद्वी हुन् आएको देखिन्छ्। मेलबर्न त्यहाको दिनानोदिन बढ्दो जनसंख्या सॅग सामना गर्न राम्रो स्थिति मा छैन । पुर्वाधार चुनौति मध्ये एक मात्र हो, यो जति महत्वपुर्ण छ्, अर्को आवास पनि उत्तिकै नै महत्वपुर्ण र चिन्ताको विसय भएको डा. विरलले बताएका छ्न ।
बढ्दो जनसंख्याले घरको मुल्यमा मात्र दबाब नदिइ घर भाँडामा पनि उत्तिकै समस्या थपिने , मेलबर्नका सबै नयाँ किनारा उपनगरहरु सार्वजनिक यातायातको सन्दर्भमा योजनाबद्ध नभएकाले निस्चित रुपमा यो ठूलो समस्या रहेको एक प्रोफेसर क्रसबिले बताए । परिषद्हरुलाइ अब 2026 को अन्त्यसम्ममा आआफ्नो स्थानिय क्षेत्रहरुमा आवास स्कट विस्तार गर्न सजिलो र छिटो बनाउन आफ्नो योजना प्रकृयाहरुलाइ परिमार्जन गर्न समय दिइएको छ्। यदी तिनिहरुले त्यसो नगरेको खण्डमा राज्य सरकारले तिनिहरुलाइ योजना अधिकारबाट वन्चित समेत गर्नेछ।
