गुणकारी घिउकुमारीका फाइदा

एजेन्सी । घिउकुमारीको सेवनबाट वायुजनित रोग तथा पेटको रोगबाट आराम मिल्छ । यसबाट अल्सर, अम्लपित्त, रक्तशोधक तथा पाचनप्रक्रियामा गुणकारी मानिन्छ । औषधिको दुनियामा यसलाइ सन्जीवनी पनि भनिन्छ । यसको २०० भन्दा बढी प्रजाति हुन्छ । तीमध्ये ५ प्रजाति मात्र स्वास्थ्यका लागि लाभकारी हुन्छ ।

घिउकुमारीको फाइदा :

– घिउकुमारीमा १८ खनिज, १५ एमिनो एसिड र १२ भिटामिन पाइन्छ, जसले रगतको कमीलाई पूर्ति गर्छ र रोगप्रतिरोधक क्षमता बढाउछ ।

– घिउकुमारीको पातको रसलाई ३ देखि ४ चम्चा रस बिहान खाली पेटमा खानाले दिनभर शरीर फुर्तिलो रहन्छ ।

– घिउकुमारीको जुस पिउनाले कब्जियतको बिरामी हट्छ ।

– यसले सुगर नियन्त्रण गर्छ ।

– घिउकुमारीको जुस मेहन्दीमा मिसाएर लगाउनाले कपाल चम्किलो र स्वस्थ हुन्छ ।

– यसबाट पायल्स, मधुमेह तथा गर्भाशयको रोग , छालाको समस्या, खस्रो छाला, घामबाट डढेको छाला, चाउरिएको छाला, दाग एवम् आँखाको कालो घेरा हटाउछ ।

– रगतलाई शुद्ध बनाउछ, जसबाट हेमोग्लोबिनको कमी पनि पूरा गर्छ ।

– घिउकुमारीको जुसले छालालाई नरम बनाउछ, जसबाट छाला स्वस्थ बनाउछ ।

– नियमित सेवनले शरीरको जोर्नी दुखाई कम गर्छ ।