भिक्टोरियाको एल्फिन्स्टनमा प्याराग्लाइडर दुर्घटना

मध्य भिक्टोरियाको एल्फिन्स्टन नजिक प्याराग्लाइडर दुर्घटना हुँदा दुई जना घाइते भएका छन। आज सोमबार बिहान ११ बजेको समयमा घटेको यस घटनामा एक ७० वर्षीय चाड्स्टोन (पुरुष) र ६९ वर्षीया तोराक (महिला) गम्भीर घाइते भएका को कुरा भिक्योरियाका प्रहरी ले बताएका छन।

भिक्टोरियन एम्बुलेन्स ले भने अनुसार शरीरको तल्लो भागमा चोट लागेको एउटी महिलालाई अल्फ्रेड हेलिकप्टरमा अस्पताल लगिइएको र उनिहरु दुबै दम्पती लाई बेन्डिगो अस्पताल पुर्याइएको छ भने त्यहाँ अहिले पनि उनिहरुको उपचार जारी रहेको छ।

प्रहरीले दुर्घटना के कारणले भयो भन्ने विषयमा अनुसन्धान गरिरहेका छन साथै घटना बारे थप जानकारी दिन त्यहाँका स्थानियहरुलाइ पनि आह्वान गरेको छ।

त्यसैगरि भिक्टोरियन एम्बुलेन्सले एडभान्स्ड लाइफ सपोर्ट र मोबाइल इन्टेन्सिभ केयर एम्बुलेन्स प्यारामेडिकहरू एयर एम्बुलेन्स सहित दुर्घटना स्थलमामा नै उपस्थित रहेको जानकारी दिए।