न्यूयोर्कमा पहिलोपटक ‘हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड’ हुने

न्यूयोर्कमा आगामी May ४ तारिख ‘टपशप काठमाडौं ८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड’ पहिलोपटक आयोजना हुँदैछ। मेलरोज बॉलरुममा हुने यो अन्तर्राष्ट्रिय कार्यक्रमले नेपाली संगीत र चलचित्र क्षेत्रमा योगदान दिने कलाकारहरूलाई सम्मान गर्ने उद्देश्य लिएको छ।

संगीतकार शम्भुजीत बास्कोटा र पप संगीतका अग्रणी ओम बिक्रम बिष्टलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिने आयोजकले जानकारी दिएका छन्। विभिन्न श्रेणीमा अन्य कलाकारहरू पनि सम्मानित हुनेछन्।

नेपालबाट महानायक राजेश हमाल, मोडल नीति शाह, प्रस्तोता सुरजसिंह ठकुरी लगायत चर्चित अनुहारहरूको उपस्थित रहनेछ। २० भन्दा बढी कलाकारहरूको लाइभ प्रस्तुति सहितको स्टेज शो समेत प्रस्तुत गरिनेछ।

कार्यक्रमलाई भव्य बनाउन होटल मेरियटमा व्यवस्थापन गरिएको छ। आयोजकले यसलाई भविष्यमा अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलको रूपमा विस्तार गर्ने लक्ष्य लिएको र न्यूयोर्कस्थित नेपाली समुदायको सक्रिय सहभागिताको अपेक्षा राखिएको जनाएका छन्।