काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्तलाई नियुक्त गरेका छन्। वैशाख १८ गते मन्त्री पदबाट विद्या भट्टराईले राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पन्तलाई शिक्षामन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए।मन्त्री बनेका पन्तको वरीयता आठौँ नम्बरमा राखिएको छ । पन्त पूर्वश्रममन्त्री पनि हुन् । यसअघिकी शिक्षामन्त्री भट्टराईको वरीयता भने १८औं नम्बरमा थियो ।
विद्या भट्टराईले सोमबार शिक्षामन्त्री पदबाट राजीनामा दिएपछि ओलीले पन्तलाई उक्त जिम्मेवारी दिएका हुन् । नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री ओलीको सिफारिसमा पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
