क्यानबेरा :नई एकेडेमी अष्ट्रेलियाले पत्रकारिता,साहित्य,संगीत लगायतका विधाका नेपाली प्रतिभाहरुलाई सम्मान गरेको छ । नई एकेडेमी अष्ट्रेलियाले साहित्यकार पारिजातको ८८ औं जन्मजयन्तीको अवसरमा नेपाली प्रतिभाहरुलाई सम्मान गरिएको हो ।
गुइल्डफोर्ड कम्युनिटी सेन्टरमा आयोजित विशेष समारोहमा साहित्यतर्फ नई पारिजात अवार्ड रामप्रसाद कोइरालालाई प्रदान गरेको छ । कोइरालालाई अवार्डसंगै नगद राशी ५सयअष्ट्रेलियन डलर प्रदान गरिएको छ । कार्यक्रममा पत्रकारितामा नई पारिजात महिला पत्रकारिता अवार्ड मेलबर्नकी निरु त्रिपाठी र सिड्नीकी सीता रसाइलीलाई प्रदान गरिएको संस्थापक सीमा रोशीले बताउनु भयो ।
१२–२४ वर्ष उमेर समूहका युवाहरुका लागि नई युथ अफ दि इयर अवार्ड विभिन्न विधामा प्रदान गरिएको थियोः । साहित्यःतर्फ मोक्षदा अमगाई (नेपाल),संगीतःतर्फ सन्देश पौडेल,नृत्यःतर्फ गरिमा रायमाझी (मेलबर्न),सीमोन श्रीपाली (सिड्नी),खेलकुदमा मिया पुन (सिड्नी)संस्थागत योगदानः शब्दमाला स्कुल सिड्नीलाई अवार्ड प्रदान गरिएको नई एकेडेमी अष्ट्रेलियाले जनाएको छ ।
सीमा रोशीको अध्यक्षता भएको कार्यक्रममा नई एकेडेमीले स्थापना यता कला, साहित्य, स्वास्थ्य, प्रविधि, खेलकुद लगायतका क्षेत्रमा योगदान पुर्याएका नेपाली तथा अन्तर्राष्ट्रिय प्रतिभालाई सम्मान गर्दै आएको जनाएको छ । संस्थापक सीमा रोशीले एकेडेमीको शुरुवात २०२२ मा आफै ५ हजार डलरको सौजन्य गर्नु भएको थियो ।






