एजेन्सी । शुक्रबारको दिन लक्ष्मी मातालाई प्रसन्न पार्नको लागि अत्यन्तै पवित्र र शुभ मानिन्छ । यो दिन लक्ष्मी पूजन, व्रत तथा वैभव लक्ष्मी व्रत गर्ने चलन प्राचीनकालदेखि चल्दै आएको छ ।
जनविश्वास अनुसार, शुक्रबारका दिन विधिपूर्वक लक्ष्मीको पूजा गर्दा घरमा धन सम्बन्धी सबै समस्याहरू टाढा हुन्छन् र देवी लक्ष्मीको निरन्तर कृपा प्राप्त हुन्छ । यदि तपाईं ऋणमा डुब्नुभएको छ वा पैसाको स्थायित्व छैन भने शुक्रबारका केही सरल तर अचूक उपायहरू अपनाएर आर्थिक समृद्धि ल्याउन सकिन्छ ।
लक्ष्मी पूजन
शुक्रबारको दिन लक्ष्मी माताको विधिपूर्वक पूजा गर्नु अत्यन्तै फलदायी मानिन्छ । पूजा गर्दा सधैं सेतो वा गुलाबी रंगको बस्त्र लगाउनु लाभदायी हुन्छ । लक्ष्मीलाई प्रसन्न पार्न श्रीसूक्त पाठ गर्नुहोस् र ११ वटा दीपक जलाएर देवीको पूजा गर्नुहोस् । यसरी पूजा गर्दा लक्ष्मी माता शीघ्रै प्रसन्न हुन्छिन् ।
कन्या पूजन
साना बालिकाहरूलाई लक्ष्मीको जीवित स्वरूप मानिन्छ । त्यसैले शुक्रबारको दिन कन्या पूजन गर्नु अत्यन्तै पुण्यदायी मानिन्छ । साना बालिकाहरूलाई मीठो भोजन गराउनुहोस्, पूजा गर्नुहोस् र दक्षिणा दिई सेतो वा गुलाबी बस्त्र प्रदान गर्नुहोस् । साथमा जय लक्ष्मी माता भन्दै उच्चारण गर्नुहोस् । यसले लक्ष्मीको विशेष कृपा मिल्ने विश्वास गरिन्छ ।
धन वृद्धिको लागि श्री यन्त्रसहितको उपाय
यदि तपाईं पैसाको कमी, अत्यधिक खर्च वा धन बचत नहुनुजस्ता समस्याबाट पीडित हुनुहुन्छ भने यो उपाय अपनाउनुहोस् । एक चाँदीको सिक्का लिनुहोस्, जसमा श्री यन्त्र वा लक्ष्मी माता अंकित भएको होस् । त्यसलाई सेतो वा रातो कपडामा बेरेर आफ्नो धन राख्ने स्थानमा राख्नुहोस् । यस उपायले धनको बचत र आकर्षण दुवै बढाउँछ ।
धन प्राप्तिको लागि परिश्रम महत्त्वपूर्ण अवश्य हो, तर आध्यात्मिक उपायले मानसिक शान्ति र सकारात्मक ऊर्जा पनि दिन्छ । शुक्रबारका यी उपायहरू श्रद्धापूर्वक गर्ने हो भने देवी लक्ष्मीको आशीर्वाद प्राप्त भई आर्थिक संकट टाढा जान सक्छ ।
