क्यानबेरा,अस्ट्रेलिया सरकारले विद्यार्थी भिसालाई उच्च प्राथमिकता दिदै भिसा प्रक्रियाको काम छिटो गर्ने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय विद्यार्थी, दक्ष कामदार, र यात्रुहरूका लागि भिसा प्रक्रियाको काम छिटो गर्ने सो सरकारले निर्णय गरेको हो । आप्रवासन प्रक्रियालाई सहज बनाउने र आवेदनकर्ताहरूले भोग्दै आएको झन्झटलाई हटाउने उद्देश्यले नयाँ प्रणाली अनुसार, विद्यार्थी भिसा आवेदन ३० दिनभित्र नै प्रक्रिया पूरा गरिने अस्ट्रेलिया सरकारले जनाएको छ ।
स्किल्ड टेम्पोररी भिसाः६१ दिन, स्किल्ड प्रमानिन्ट भिसाः११ महिना, पार्टनर भिसाः१३महिना,भिजिटर र वर्किङ होलिडे मेकर भिसाः १ दिनमा बन्ने समय सिमा निर्धारण गरेको छ ।
यी नितिहरु लागू गर्न संघीय सरकारले आवश्यक बजेट र जनशक्ति व्यवस्थापन गरिसकेको छ । नयाँ प्रणालीले भिसा प्रक्रियालाई प्रभावकारी बनाउने र आवेदनकर्ताहरूलाई भविष्यको योजना बनाउन सहज वातावरण सिर्जना गर्ने अस्ट्रेलिया सरकारको अपेक्षा रहेको छ ।






