प्रदीप खड्काको जन्मदिनमा ‘पिताम्बर’को दोस्रो टिजर सार्वजनिक

आज नायक प्रदीप खड्का आफ्नो जन्मदिन मनाउँदैछन् । प्रदीपको जन्मदिनको अवसर पारेर फिल्म ‘पिताम्बर’को टिमले उनलाई टिजर उपहार दिएको छ । 

चैत्रको २९ गतेबाट रिलिजमा आउन लागेको फिल्मको दोस्रो टिजरमा प्रदीपलाई मात्र स्थान दिइएको छ । प्रदीपको एक्सन स्टाइललाई समावेश गर्दै टिजर तयार पारिएको छ । 

सार्वजनिक दोस्रो टिजरपछि फिल्ममा प्रदीपको एक्सन गज्जब रहेको अपेक्षा उनका फ्यानहरुलाई हुने पक्का छ । टिजर हेर्दा प्रदीपले फिल्ममा निकै मिहिनेत गरेको देखिन्छ । चकलेटी नायकको रुपमा छवि बनाएका प्रदीप यो फिल्मबाट भने ‘एक्सन नायक’को रुपमा उदाउने देखिन्छ ।

केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को व्यानरमा निर्माण भएको यो फिल्ममा प्रदीपको साथमा दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुप विक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, टीका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहारी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव बिष्ट, आशिष पुरुष, ललित बिष्ट, किशोर भट्ट, विनोद कुमार पौडेल, नारायण काफ्ले, रविन्द्र भट्टराईको अभिनय छ ।

यस्तै, फिल्ममा बाल कलाकारको रुपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्या लामिछाने, आरोह चौलागाईं, सुप्रोल वुढाथोकीले अभिनय गरेका छन् । 

कृषा चौलागाईंको निर्देशन रहेको फिल्ममा विशाल चौलागाईंको लगानी छ । पुरुषोत्तम प्रधान, आध्या लामिछाने र आरोह चौलागाईं सह–निर्माता रहेको फिल्ममा सुमन गौतम कार्यकारी निर्माताको रुपमा छन् ।

यो फिल्ममा प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा तथा संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर  लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन, आशिष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको एक्सन छ । आर आर फिल्मस्ले यो फिल्मको वितरण गर्दैछ ।