क्यानबेरा : विश्व वरियताको उत्कृष्ट एक सयमा अस्ट्रेलियाका ६ वटा विश्वविद्यालयहरूले स्थान सुरक्षित गर्न सफल भएका छन् ।अस्ट्रेलियाका ती आधा दर्जन विश्वविद्यालयहरूले २०२५ का लागि विश्व वरियताको उत्कृष्ट सय भित्रको स्थान सुरक्षित गर्न सफल भएका हुन् ।
अहिलेको विश्व वरियतामा जसले विश्वभरका ५हजार भन्दा बढी विश्वविद्यालयहरूको मूल्याङ्कन गरेको छ । विश्वविद्यालयहरूको मूल्याङ्कनका आधारमा अस्ट्रेलियाका युनिभर्सिटी अफ मेलेर्बनले ४७औँ ,युनिभर्सिटी अफ सिड्नी ६० औँ,मोनाश युनिभर्सिटी ६३ औँ,युनिभर्सिटी अफ क्वींसल्यान्ड ७८औँ,अस्ट्रेलियन नेशनल युनिभर्सिटी ८६ औँ र युनिभर्सिटी अफ न्यु साउथ वेल्स ९७ औँ पाएका हुन् ।
यी विश्वविद्यालयहरूले विश्व स्तरमा मात्र उत्कृष्टता हासिल गरेका छैनन् । बरु अस्ट्रेलियामा पनि शीर्ष ६ स्थानमा रहेको छन्। थप विश्वविद्यालयहरूले राष्ट्रिय स्तरमा उत्कृष्ट ३सय भित्रको स्थान प्राप्त गर्नेहरुमा युनिभर्सिटी अफ वेस्टर्न अस्ट्रेलिया ७औँ,युनिभर्सिटी अफ एडिलेड ८औँ,क्वींसल्यान्ड युनिभर्सिटी, अफ टेक्नोलोजी ९औँ र युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नी १० औँमा स्थानमा परेको बताइएको छ ।
विश्वविद्यालयहरूको शैक्षिक परिणाम र अनुसन्धान क्षमताहरूमा सुधार गर्नको लागि निरन्तर प्रयासलाई प्रतिबिम्बित गर्दछ ।जसले अस्ट्रेलियाको उच्च शिक्षाको रूपमा प्रमुख गन्तव्यको रूपमा प्रतिष्ठा थप बलियो बनाएको शिक्षा क्षेत्रका जानकारहरु बताउँछन् ।






