शाहरूख र सुहानाले सुरू गरे ‘किङ’ को छायांकन

बलिउड अभिनेता शाहरूख खानको आगामी आउने नयाँ फिल्मको नाम ‘किङ’ हो। यस फिल्ममा उनी आफ्नी छोरी सुहानासँग देखिनेभएका छ्न।

हाल फिल्मको छायांकन पनि सुरू भइसकेको छ। छायांकन सेटबाट शाहरूखको एक तस्बिर अहिले निकै भाइरल भइरहेको छ।

सुजोय घोषको  निर्देशनमा बन्न लागेको फिल्म २०२५ मा प्रदर्शन हुने बताइएको छ।

सुहानाले जोया अख्तरको फिल्म ‘द आर्चिज’ बाट बलिउडमा डेब्यू गरेकी थिइन्।उक्त फिल्म OTT मा रिलिज भएको थियो। अब सुहाना ‘किङ’ बाट आफ्नै बुवा संग ठूलो पर्दामा डेब्यू गर्ने भएकिछिन ।

यो फिल्म शाहरूख खानको होम प्रोडक्सन रेड चिलीज इन्टरटेनमेन्टले निर्माण गर्नेछ। किङ’ एक एक्सन फिल्म हुनेछ भने भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार फिल्मको बजेट २०० करोड भारु रहेको बताइएको छ।