बढ्यो सुनचाँदीको मुल्य

फाल्गुण ७, २०८१ काठमाडौँ: नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज सुन तोलामा ११ सयले बढेर तोलाको एक लाख ७० हजार ५०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस अघि मंगलबार सुन तोलाको एक लाख ६९ हजार ४०० मा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर १९८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।